भाेजपुरमा पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत वितरण

 साउन ११, २०७६ शनिबार १९:३८:२९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई जिल्ला समन्वय समिति भोजपुरले शनिबार राहत वितरण गरेको छ ।

समन्वय समिति प्रमुख, उप–प्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवा सुविधाबाट कटाएर मृतकका परिवारलाई राहत वितरण गरेको हाे । समन्वय समितिले संकलन गरेको ७७ हजार ९ सय ४० रुपैंया प्रति मृतकका परिवारलाई १५ हजार ५ सय ८८ रुपैंयाका दरले वितरण गरेको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले बताउनुभयो ।

सेवा सुविधाबापत समन्वय समिति प्रमुखबाट १७ हजार, उप–प्रमुखबाट १२ हजार ५ सय  र प्रति सदस्य ६ हजार ९ सय २० रुपैयाँका दरले संकलन गरेर पाँच जना मृतकका परिवारलाई राहत रकम वितरण गरिएको खड्काले जानकारी दिनुभयो ।

गएकाे असार २८ गते पहिरोमा परेर टेम्केमैयुङ गाउँपालिका-९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई गाउँपालिका-७, बासीखोराका जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका-५, मानेभञ्ज्याङकी ३५ वर्षीया मन कुमारी राई, १७ वर्षीय शिव कुमार राई र १५ वर्षीय शक्ति कुमार राईको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया