व्रत बस्नुअघि स्वास्थ्यको ख्याल गरौँ : सुपुष्पा भट्ट

 साउन १३, २०७६ सोमबार १६:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली चलचित्र ‘रणवीर’बाट चलचित्र क्षेत्रमा उदाएकी नायिका हुन् सुपुष्पा भट्ट । अभिनेत्री भट्ट भगवान शिवलाई खुबै मान्छिन् ।

त्यसैले पनि उनले साउन मैनाभरि माछा मासु खाएकी छैनन् । त्यतिमात्र हैन हरेक सोमबार भगवान शिवको व्रतसमेत बस्ने गरेकी छन् । शिवको आस्था पहिलेबाट नै भएको भए पनि व्रत भने पहिलोपटक बसेको अभिनेत्री भट्ट बताउँछिन् । उनै अभिनेत्री भट्टसँग हामीले साउनको सोमबारे व्रतका विषयमा गफगाफ गरेका छौँ ।

सोमबारको व्रत बस्नु भएको छ कि छैन  ?

यो वर्षभन्दा पहिले त कहिल्यै पनि बसेको थिइनँ । यो वर्ष चाहिँ कस्तो हुँदो रहेछ भनेर बस्न मन लाग्यो र हरेक सोमबार ब्रत बस्ने गरेको छु । 

व्रत बस्नुको कारण ?

म एकदमै शिवभक्त हुँ ।  शिवलाई धेरै मान्छु । त्यसै कारणले पनि मनदेखि नै व्रत बसेको छु । कसैले व्रत बस्नु पर्छ भनेर अथवा कर लगाएर बसेको हैन ।

साउन महिना के कारणले मन पर्छ ?

यो महिना हिन्दू नारीहरुका लागि केही खास हुने गर्छ किन भने हरियो चुरा,मेहेन्दी लगाउने, व्रत बस्ने , शिवको मन्दिरमा जाने भएकोले पनि एकदमै राम्रो लाग्छ ।

व्रत बस्यो भने सोचेको कुरा पूरा हुन्छ भन्ने लाग्छ ?

मनदेखि सोच्यो भने सबै कुरा पुग्छ जस्तो लाग्छ । हुन त यो मेरो भ्रम पनि हुन सक्छ तर मलाई चाहिँ यसमा सत्यता छ जस्तो लाग्छ ।

व्रत कसरी बस्नु भएकाे छ ?

पानी खान्छु, अनि एक छाक चोखो खाने कुरा खान्छु तर नुन चाहिँ खान्नँ । मैले धेरै दिदीबहिनीहरु देखेको छु जो चाहिँ पानी पनि नखाइ व्रत बस्नुहुन्छ तर म के भन्न चाहन्छु भने सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ । त्यसमा पनि यस्तो कुरामा  प्रेसर लो हुनेहरुले एकदमै धेरै ध्यान पुर्‍याउन आवश्यक हुन्छ । 

तपाईँले व्रत बसेको दिन कसरी बिताउनुहुन्छ ? 

बिहान सबेरै उठेर नुहाउँछु । अनि नजिकैको मन्दिरमा पूजा गर्न जान्छु । पूजा गरेर आएपछि पानी खान्छु । व्रतको दिन सुत्न हुँदैन भन्नुहुन्छ सबैले, त्यसैले आफूलाई केही कुरामा  व्यस्त बनाइराख्छु । बेलुका फलफूल अथवा अन्य केही चोखो खाना खाएर अनि सुत्ने त्यही हो ।

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया