अफगानिस्तानमा ६ महिनाको अवधिमा १ हजारभन्दा बढी मारिए : संयुक्त राष्ट्र संघ

 साउन १४, २०७६ मंगलबार १९:५:२० | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१९ को पहिलाे ६ महिनामा मात्रै १ हजार ३ सय ६६ जना मारिएका छन् । त्यस्तै २ हजार ४ सय ४६ जना अफगानी नागरिक  घाइते भएको संयुक्त राष्ट्र संघले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । 

इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध, सरकारी र नाटो नेतृत्वको सैन्य गतिविधिमा  १ हजार ३ सय ६६ जना अफगानी नागरिक मारिएको प्रतिवेदनमा बताइएको छ ।

तालिवान र अमेरिकाबीच १८ वर्षे अफगान युद्ध समाप्त गर्ने विषयमा वार्ता चलिरहँदा मारिने नागरिकको संख्या भने घटेको छैन । अमेरिकी वार्ताकारहरुले भने आउँदो सेम्टेम्बर १ अघि नै वार्ता टुङ्ग्याउने लक्ष्य लिएका छन् । 

तालिवान र इस्लामिक स्टेटका आक्रमणकारीद्वारा सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा ५३१ अफगानी मारिए । त्यस्तै १ हजार ४ सय ३७ जना घाइते बनाइएका छन् । इस्लामिक समूहले सरकारी कर्मचारी, सहयोगी संस्थाका कर्मचारी, धार्मिक अनुयायी, आदिवासी वृद्धवृदा लगायतलाई निशाना बनाएका थिए । 

त्यस्तै सरकार समर्थक ७ सय १७ जना यो ६ महिनाको अवधिमा मारिएका छन् भने ६ सय ८० जना घाइते भएका छन् । यो गत वर्षको सोही अवधिमा मारिनेको संख्याभन्दा ३१ प्रतिशतले बढेको हो । 

कम्तीमा १ सय ४४ जना महिला र ३ सय २७ जना बालबालिका मारिएका छन् । १ हजारबढी घाइते भएका छन् । यो संख्या देशभन्दा बाहिरका नागरिकको हो ।हवाई आक्रमणमा परि ५ सय १९ जना अफगानी नागरिकको हताहत भएको छ, जसमा १ सय ५० जना बालबालिकाहरु रहेका छन् । 

अमेरिकी र नाटो नेतृत्वको सेना अफगानिस्तानलाई आतंकवादमुक्त बनाउन मिसनका साथ जुटिरहेका छन् । 

तर अफगानी सरकार र आतंकवादी संगठन तालिवानले भने संयुक्त राष्ट्रको प्रतिवेदनलाई लिएर कुनै टिप्पणी गरेका छैनन् ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया