प्रियंकाको जन्मदिनमा ५ लाख ५० हजारको केक

 साउन १४, २०७६ मंगलबार २०:३८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडाले गएको १८ जुलाईमा आफ्नो ३७ औं जन्मदिन परिवारसँगै अमेरिकाकाे मायामीमा मनाएकी थिइन् । 

जन्मदिनको अवसरमा प्रियंकाले लगाएको रातो ड्रेसले सबैको ध्यान खिचेको थियो । प्रियंकाको तस्बिरका साथै उनको जन्मदिनको केकको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । अहिले आएर प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएको छ । जसको मूल्य निकै महङ्गो छ । 

सञ्चारमाध्यमहरुका अनुसार प्रियंकाको जन्मदिनको केकको मूल्य ५ हजार अमेरिकी डलर अर्थात् झण्डै ५ लाख ५० हजार नेपाली रुपैयाँ पर्न आउँछ । प्रियंकाको जन्मदिनको केकलाई उनका श्रीमान निक जोनसले रातो र सुनौलो रंगले सजाउन सुभाव दिएका थिए । त्यो केक बनाउनका लागि २४ घण्टा लागेको थियो । 

‘डिभाइन डेलिकेसिज केक्स’ नामको बेकरीले तयार पारेको केकको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि पोस्ट गरिएको थियो । बेकरीले जेनिफर लोपेज, टम क्रुजजस्ता ग्लोबल स्टारका लागि पनि केक डिजाइन गरिसकेको छ । 

प्रियंकाको जन्मदिनको केकको मूल्य सार्वजनिक भएसँगै यतिबेला फेरि उनी चर्चामा आएकी छिन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया