नचिनेका मानिसको समूहद्वारा वडा कार्यालयमा आगजनी

 साउन १५, २०७६ बुधबार १०:२५:३४ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका– १० को  वडा कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको छ । 

आगजनीबाट वडा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ढोकाको ताला फुटाएर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर खड्काले बताउनुभयो ।

आगलागीबाट वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । 

घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले बताउनुभयो । ताला काटेर आगो लगाउनु, दराजभित्र भएका कागज र क्म्प्युटर भूइँमा राखेर आगो लगाउनु रहस्यमय भएको उहाँले बताउनुभयो ।

आगजनीबाट भएको क्षतिको विवरण संकलन भैरहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया