बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 साउन १६, २०७६ बिहिबार १०:२२:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकको छ । हिजो खरिददर खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा थियो । 

यस्तै बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । मंगलबार यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा थियो । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ । बुधबार यसको १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७८ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो । 

यस्तै कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३६० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा थियो । 

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ । हिजो बुधबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ६पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया