दोलखाको शैलुङ गाउँपालिकाको ३६ घर पहिरोको जोखिममा

 साउन १६, २०७६ बिहिबार १२:४३:२३ | उषा तामाङ
unn.prixa.net

दोलखा – शैलुङ गाउँपालिका – १ ताम्चेत दूधपोखरीको विक टोलमा पहिरो जाँदा ३६ घर जोखिममा परेका छन् । 

गएको सोमबार दिउँसोको पहिरोले म बहादुर विकको ढुङ्गा माटोले बनेको चार कोठे भुइँतले घरमा पूर्णरुपमा क्षति पुगेको छ । पहिरोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी झण्डै आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यसैगरी मान बहादुर घतानीको ढुङ्गा माटोले बनेको चार कोठे भुइँतले घर पूर्णरुपमा क्षति भएको दोलखा प्रहरीले जनाएको छ । घर क्षति हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भडावर्तन गरी झण्डै सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । घर पूर्णरुपमा क्षति भएपछि उनीहरु आफन्तकोमा बसिरहेको इलाका प्रहरी कार्यालय मागापौवाले जनाएको छ । 

पहिरोले विक टोलका मनकुमारी मगर, पदमलाल घतानी र मीनलाल घतानीकोे १३ रोपनी बारी पुरिएको छ भने ३६ घरका २ सय ५९ जना जोखिममा रहेको दोलखा प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया