तल्लो हेंवाबाट उत्पादित २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा लाइनमा थपियो

 साउन १६, २०७६ बिहिबार १४:२६:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - तल्लो हेंवा जलविद्युत आयोजनाको काम सकिएसँगै पाँचथरबाट २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ ।

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेंवा खोलामा निर्माण गरिएको आयोजनाको काम सकिएसँगै गएको साउन ४ गतेबाट परीक्षण उत्पादन भइरहेको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

फिदिम–४ मा रहेकाे थापाटारको काबेली करिडोर सब स्टेसनबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताउनुभयो । यो जल विद्युत आयोजनाबाट जेठदेखि मंसिर बीचको ६ महिनामा २२.३४ मेगावाट र मंसिर–वैशाख बीचको सुख्खा महिनामा १० देखि १२ मेगावाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

यो आयोजनाबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट बिजुलीबाट २२ लाख रुपैँयासम्म आम्दानी हुने बताइएको छ । तीन अर्ब ६६ करोड रुपैयाँकाे लगानीमा सक्नेगरी निर्माण थालिएको आयोजनाको लागत ७० करोड नाघेको आयोजना प्रमुख गणेश सुब्बाले बताउनुभयो ।

०७४ असारमा सक्नेगरी २०७० मंसिरबाट निर्माणको थालनी गरिएको आयोजनाको काम नाकाबन्दी, भूकम्प तथा आन्तरिक विवादका कारणा बीचमा रोकिँदै काम हुँदै गर्दा लागत बढ्नुका साथै ढिलोगरी मात्र काम सकिएको बताइएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया