बाजुरामा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु, ५ जना घाइते

 साउन १७, २०७६ शुक्रबार ८:३४:४२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ । पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।    

अन्तिम अपडेट: चैत २३, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया