विदेशमा रहेकालाई फर्काउन विशेष अभियान चलाउनुपर्छ  : पूर्व प्रधानमन्त्री नेपाल

 साउन १७, २०७६ शुक्रबार १५:४१:५२ | उज्यालो सहकर्मी

काठमाण्डौ – पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विदेश गएका युवा जनशक्तिलाई स्वदेश फर्काउनका लागि विशेष अभियान चलाउनु पर्ने बताउनुभएको छ । 

समता फाउण्डेशनले काठमाण्डौमा  गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने भन्दै विदेशमा रहेकालाई फर्काउन अभियान चलाउनु पर्ने बताउनुभएको हो । 

यस्तै, नेपाली कांग्रेसकी नेतृ डा। डिला संग्रौलाले सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्नेतर्फ पहल नै नगरेको  आरोप लगाउनुभयो । 

विदेश गएका युवाहरुलाई फर्काउने बहस चलिरहे पनि सरकारको शैली त्यसको उल्टो भएको भन्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको पनि बताउनुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सात दशकअघि नै नेपाल अन्तर्राष्ट्रिय श्रम अधिकार सम्बन्धी सम्झौताको पक्ष राष्ट्र  बने पनि कामदारको समस्या उस्तै भएको भन्दै कामको सम्मान हुने अवस्थाको सृजना गर्न सरकारलाई सुझाव दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Mohan

    Aug. 2, 2019, 6:38 p.m.

    माधव जि तपाइले पहिले आफ्नै छोरा छोरी विदेश बाट नेपालमा स्थायी रुपमा फर्काएर यो आभियान शुरु गर्दा राम्रो होला कि। वाहियतको भाषण गरेर मात्र यस्ता अभियान सफल हुदैन। आफ्नो बन्दोवस्त पुरै विदेशमा गराएर सर्बसाधारणलाइ विदेशमोह त्याग्ने सल्लाहको कुनै औचित्य हुदैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया