मेस्सीमाथि तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध

 साउन १८, २०७६ शनिबार ७:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए ।

फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन् । दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ ।  तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले  आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।

प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने छन् । तर मेस्सीले क्लब फुटबल भने निरन्तर खेल्ने छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया