१७औंँ आहा रारा गोल्डकपको आय-व्यय विवरण सार्वजनिक

 साउन १८, २०७६ शनिबार १४:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखराको साहारा क्लबले १७ औंँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरेको छ ।

गएकाे फागुन ९ गतेदेखि १८ गतेसम्म आयोजना भएको प्रतियोगिताबाट १ लाख ४९ हजार रुपैयाँ बचत भएको जनाइएको छ । यो यसअघिको बचतभन्दा न्यून रकम हो । क्लबले अघिल्लो संस्करणमा २४ लाख रुपैयाँ कमाएको थियोे ।

रंगशाला निर्माण गर्ने भन्दै पुरानो प्यारापिट भत्काइएपछि दर्शक कम भएकाले आम्दानी घटेको शनिबार जारी गरिएकाे विज्ञप्तिमा जनाइएको छ ।

क्लबले १७ औंँ संस्करणमा ७० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको र ६९ लाख २९ हजार रुपैयाँ खर्च भएको जनाएको छ । प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि खर्च गर्नेछ ।

क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा अहिलेसम्म एक करोड रुपैयाँ जम्मा भएकाे छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया