दलाल पूँजीवादीका कारण इमान्दार कार्यकर्ता पाखा लाग्न थाले: नेकपा नेता भुसाल

 साउन १८, २०७६ शनिबार २०:१०:४ | किरण लोहनी
unn.prixa.net

गाेरखा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुसालले दलाल पूँजीपतिहरु समाजवादको बाधक बनिरहेको बताउनुभएको छ ।

पार्टी र नेतृत्व दलाल पूँजीवादको चंगुलमा परिरहेको भन्दै उहाँले दलाल पूँजीवाद नै पार्टीको मुख्य लक्ष्यको रुपमा रहेको समाजवादको चुनौतीको रुपमा रहेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लेख्नुभएको संघर्षको इतिहास नामक पुस्तकबारे गोरखामा भएको समीक्षा कार्यक्रममा बोल्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पूँजीपतिहरुको हावी भएको बताउनुभयो ।

यसै कारण पार्टीभित्रका इमान्दार कार्यकर्ताको मनोबल खस्कँदै गएको उहाँको भनाइ छ । ‘बीस वर्षदेखि पार्टीमा काम गरिरहेका कमरेड पनि असुरक्षित लाग्छन् हामीलाई’, उहाँले भन्नुभयो, ‘अरबमा गएर भेडा पनि चराउन नसक्ने भएर फर्किएको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीए को पनि पीए भएर बस्यो, १० वर्षमा करोडपति हुन्छ, तर इमान्दार भएर बिसौं वर्ष पार्टीमा लागेको कार्यकर्ताको मनोबल के हुन्छ ?’

समाजवादबारे थाहै नभएको र कम्युनिष्ट आन्दोलनबारे एक पटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको भुसालले बताउनुभयो ।

नेता भुसालले कम्युनिस्ट पार्टीका नाममा गएको एक सय वर्षपछि नेकपाले अभूतपूर्व सफलता हात पारेको भन्दै नेतृत्वलाई मात्तिने र आत्तिने छुट नभएको बताउनुभयो । गुट उपगुटलाई त्यागेर पार्टीलाई एकताबद्ध गर्नसके अबको १० वर्षमा देशमा समाजवादी व्यवस्थाको झल्को दिनेगरी काम गर्न सकिने उहाँको विश्वास छ ।

त्यसका लागि यही वर्षबाट काम सुरु गर्न पनि उहाँले आग्रह गर्नुभयो । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य सेवामा सुधार र देशमै रोजगारीको अवसर सिर्जना गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने नेकपाका स्थायी कमिटि सदस्य भुसालको भनाइ छ ।

‘मान्छेले पाएसम्म सार्वजनिक शिक्षा पढ्ने अवस्था बनाइदिऔंँ, जनताको पहुँचभित्र सार्वजनिक शिक्षा होस्’, उहाँले भन्नुभयो, ‘त्यससँगै सार्वजनिक स्वास्थ्यलाई पनि सहज बनाऔंँ र रोजगारीको सिर्जना गर्दै विकल्प दिँदै जान सके १० वर्षभित्रमा हाम्रो समाजवादको दह्रो जग बन्छ ।’

पार्टी एकताको बहसलाई व्यक्तिगत एजेण्डाबाट माथि उठाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । पार्टीका बैठकहरुमा व्यक्तिका एजेण्डाले महत्व पाउने गरेको भन्दै उहाँले पार्टी लाकतान्त्रिक पद्धतिका आधारमा चल्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

4 Comments

  • Buddhi Sapkota

    Dec. 19, 2019, 7:58 a.m.

    ......पार्टी र नेतृत्व दलाल पूँजीवादको चंगुलमा परिरहेको भन्दै उहाँले दलाल पूँजीवाद नै पार्टीको मुख्य लक्ष्यको रुपमा रहेको समाजवादको चुनौतीको रुपमा रहेको बताउनुभयो । कुराे जायज हाे । दलालीकरण दिन प्रतिदिन भाइरस जस्ताे बढिरहेकाे छ । भित्र र बाहिर यत्रतत्र सर्वत्र ।

  •  0 Reply
  • दिपेन्द्र राज राइ

    Nov. 5, 2019, 8:43 a.m.

    भुसाल दाइ जस्तो नेताको खाचो छ यो देसमा। बास्तबिक कमनिस्ट आन्दोलन को मर्म स्पर्स बुझ्ने।

  •  0 Reply
  • Krishna Hari Maharjan

    Aug. 31, 2019, 3:22 p.m.

    समाजवाद ल्याउने वाचाका साथ सरकारमा आएका कमरेडहरुनै दलाली र पुँजीवादीभै विसंगतिमा डुब्न थाले पछि राम्रो कार्यकर्ताहरु कुन नैतिक आधारमा नेकपामा टाँसी रहला?

  •  0 Reply
  • Shankar pd. Sitaula

    Aug. 3, 2019, 8:28 p.m.

    भुसालजीको वाणीले स्थान पायो भने आन्दोलनको उचाईले ठाउँ पाउला , नत्र त समाजवाद भनेको 'देखावटी' मात्र हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया