आईसीसीकाे नयाँ टी–२० वरीयता: नेपाल ११ औँ स्थानमा यथावत

 साउन १८, २०७६ शनिबार १९:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

नेपालले १४ टी–२० बाट २०१ रेटिङ निकाल्दै ११ औं स्थानमा यथावत रहेकाे हाे । नेपालले जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

टी– २० वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटाैँमा न्यूजिल्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलंका, नवौँमा वेष्ट इण्डिज र दशौँमा बंगलादेश रहेका छन् ।

एक दिवसीय वरीयतामा पनि नेपाल १५औंँ स्थानमा यथावत छ । एक दिवसीय वरीयताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया