एशेज सिरिज: पहिलाे पारीमा इंग्ल्याण्डकाे ९० रनकाे अग्रता

 साउन १८, २०७६ शनिबार २०:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

एशेज टेस्टकाे पहिलो पारिमा घरेलु टोली इंग्ल्याण्डले ९० रनको अग्रता बनाएको छ । २८४ रनमा अस्ट्रेलियालाई पहिलो पारिमा अल आउट गरेर इनिङ सुरु गरेको इंग्ल्याण्डले ३७४ रन बनाउन सफल भयो ।

२६७ रनबाट खेल्न सुरु गरेको इंग्ल्याण्डले तेस्रो दिन ३७४ रन बनाएर अल आउट भयो । इंग्ल्याण्डका लागि रोरी बर्न्सले १३३ रनको शतकीय पारी खेल्दा कप्तान जो रुटले ५७ तथा बेन स्टोक्सले ५० रनको उत्कृष्ट पारी खेले । यसैगरी क्रिस वोक्सले नट आउट ३७ रन बनाउँदा स्टुआर्ट  ब्राेडले २९ रन जोडे ।

रोरी बर्न्स दोस्रो दिनको खेल सकिँदा १२५ तथा बेन स्टोक्स ३८ रन बनाएर फर्किएका थिए । तेस्रो दिन इंग्ल्याण्डलाई मजबुत स्थितिमा पुर्‍याउने अपेक्षा गरिँदा स्टोक्सले व्यक्तिगत १२ रन जोड्दै अर्धशतक पूरा गरे । त्यसपछि प्याट कमिन्सको बलमा टिम पेनबाट क्याच आउट भएपछि तेस्रो दिनको विकेट पतन सुरु भएको थियो । त्यसपछि बर्न्सले पनि व्यक्तिगत ८ रन मात्रै जोड्न सके ।

उनी टिमको स्कोर २९६ रन हुँदा १३३ रन बनाएर आउट भएका थिए । त्यसपछि अस्ट्रेलियाका लागि जोनी बेयरस्टो ८ तथा मोइन अली शून्य रनमै आउट भए ।
यस्तै क्रिस वाेक्स र स्टुआर्ट ब्राेर्डले नवौं विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका प्याट कमिन्स र नेथन लियोनले तीन तीन विकेट लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया