बेलायत, अष्ट्रेलिया र जर्मनीले आफ्ना नागरिकलाई भने- तत्काल कश्मीर नजानू

 साउन १९, २०७६ आइतबार १९:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

जम्मू–कश्मीर प्रशासनले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै बेलायत, अष्ट्रेलिया र जर्मनीले आफ्ना नागरिकलाई कश्मीर यात्रा नगर्न सल्लाह दिएका छन् । 

जम्मू–कश्मीर राज्य प्रशासनले आतंकवादी आक्रमणको आशंकाको कारण अमरनाथ यात्राका लागि आएका तीर्थालु र पर्यटकहरुलाई चाँडोभन्दा चाँडो कश्मीर छोड्न भनेको छ । 

जर्मनीले विज्ञप्ति जारी गर्दै जम्मू–कश्मीरको अवस्था ठिक नरहेको भन्दै आफ्ना नागरिकलाई त्यसतर्फ यात्रा नगर्न भनेको छ । साथै प्रशासनले पर्यटकीय क्षेत्रमा  जानुअघि जम्मू–कश्मीरको परिस्थितिको बारेमा जान्न आफ्ना नागरिकलाई सचेत गराएको छ । 

बेलायतले पनि सचेतनामूलक विज्ञप्ति जारी गरेको छ । बेलायतले आफ्ना नागरिकलाई सतर्क रहन र स्थानीय अधिकारीहरुको सल्लाह मान्न भनेको छ । बेलायतको विदेश विभागले आशंका जनाउँदै भनेको छ, ‘अहिले जम्मू–कश्मीरको अवस्था ठिक छैन । जुनसुकै बेला पनि बम आक्रमण, गोलाबारी, अपहरण लगायतका घटना हुनसक्छ । यसर्थ बेलायती नागरिकले जम्मू–कश्मीरको यात्रा नगरुन् ।’

यता सुरक्षाबलले भने कुनै पनि सम्भावित खतराको सामना गर्न तयार रहेको बताएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया