वाशिङ्टन ओपन टेनिस: उपाधिका लागि निक किर्गोस र ड्यानियल मेदभेदेभ खेल्ने

 साउन १९, २०७६ आइतबार १८:३७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

वाशिङ्टन ओपन टेनिसको उपाधिका लागि अष्ट्रेलियन खेलाडी निक किर्गोस र ड्यानियल मेदभेदेभ प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार भएको सेमिफाइनलमा किर्गोसले शीर्ष वरीयताका ग्रिक खेलाडी स्टेफानोस सिट्सिपासलाई हराउँदै फाइनलमा स्थान बनाए । वरीयताविहीन किर्गोसले सिट्सिपासलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराएका हुन् ।

पहिलो सेट ६–४ ले जितेका किर्गोसले दोस्रो सेट भने ६–३ ले गुमाउन पुगे । निर्णायक सेटमा ७–६ ९९–७० को जित निकाल्दै किर्गोस उपाधि नजिक पुगेका हुन् ।

उपाधिका लागि उनले रुसी खेलाडी डेनियल मेदभेदेभसँग प्रतिष्पर्धा गर्नेछन् । मेदभेदेभले जर्मनीका पिटर गोजोवस्जिकलाई २–० कै सेटमा हराए । मेदभेदेभले दुवै सेट ६–२ र ६–२ ले जितेका थिए ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया