राजमार्ग छेउमा बेवारिसे अवस्थामा रहेको तीन किलो यार्सागुम्बा फेला

 साउन १९, २०७६ आइतबार १९:४७:५९ | भावुक योगी
unn.prixa.net

बर्दिया - पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको बाँसगढी नजिक राजमार्ग छेउबाट बेवारिसे अवस्थामा रहेकाे ३ किलो ५० ग्राम यार्सागुम्बा प्रहरीले फेला पारेको छ । 

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले शनिबार बेलुका पूर्वपश्चिम राजमार्ग अन्तरगत सडकको उत्तरतर्फ झाडीमा प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंंगो तथा टुक्रा पारेर राखिएको ३ किलो ५० ग्राम जडीबुटी यार्सागुम्बा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताउनुभयो ।

बोराभित्र दुईवटा प्लाष्टिकमा टुक्रा टुक्रा पारेर राखिएको ९ सय ५० ग्राम तथा सिंंगो २ किलो १०० ग्राम यार्सागुम्बा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया