पाँचथरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ९ जना घाइते

 असार २६, २०७५ मंगलबार ११:४१:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मंगलबार बिहान जीप भीरबाट खस्दा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

याङवरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २०५१ नम्बरको जीप बिहान ८ बजे याङवरक गाउँपालिका –३, चैते भिरबाट खस्दा च्याङथापु – १ का ३५ वर्षीय कैलाश अधिकारीको ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनाबाट परेका ९ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरि जिल्ला अस्पताल पाँचथर ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ । जीपमा १० जना सवार थिए ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया