सुनको भाउमा फेरि नयाँ रेकर्ड

 साउन २०, २०७६ सोमबार ११:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  सुनको भाउ सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ । सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै धेरै हो ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै, भारत र पाकिस्तानको तनाब बढेपछि भारतीय मुद्रा कमजोर भएकाले नेपालमा पनि त्यसको असर परेको संयोजक शाक्यले बताउनुभयो । यसैबीच भाउ बढेर कम मात्रै बिक्री हुन थालेपछि ब्यापारीले बैंकसँग पनि सुन किन्न छाडेका छन् । 

दैनिक २० किलोसम्म बैंकसँग सुन किन्न पाउने ब्यापारीले अहिले भएको सुन पनि बिक्न छोडेको बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया