जम्मू–कश्मीरमा भारतले डरलाग्दो खेल खेल्यो : पाकिस्तानी विदेश मन्त्री

 साउन २०, २०७६ सोमबार १४:३३:४८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले जम्मू–कश्मीरका विषयमा भारतीय सरकारले चालेको कदमको आलोचना गरेको छ । 

पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरैशीले धारा ३७० हटाउने निर्णय त्यस क्षेत्रकै लागि भयानक भएको बताएका छन् । 

विदेश मन्त्री कुरैशीले भने, ‘भारतले डरलाग्दो खेल खेल्यो । यसको असर पुरै क्षेत्रमा भयानक हुन सक्छ । इमरान खान कश्मीर मुद्दालाई समाधानको बाटोमा लैजान चाहनुहुन्थ्यो । तर भारतको पछिल्लो कदमले यसलाई झन जटिल बनाइ दिएको छ । कश्मीरीहरुलाई पहिलेदेखि नै थुनेर राखिएको छ । हामीले यस प्रकरणका बारेमा संयुक्त राष्ट्र संघमा जानकारी गराएका छौँ । हामीले इस्लामिक देशलाई पनि जानकारी गराएका छौँ । पाकिस्तानी नागरिक कश्मीरी नागरिकको साथमा छन् ।’

भारतीय  गृह मन्त्री अमित शाहले जम्मू–कश्मीरको लागि सोमबार ऐतिहासिक प्रस्ताव पेस गरेका छन् । उनले अनुच्छेद ३७० हटाउनको लागि सिफरिस गरेका छन् । 

यो निर्णयलाई राष्ट्रपतिले पनि मन्जुरी दिएका छन् । बहुजन समाजवाद पार्टीले पनि समर्थन दिएको छ । गृहमन्त्रीको यो जवाफपछि राज्यसभामा हंगामा नै सुरु भएको छ । 

राष्ट्रपतिको मन्जुरीपछि पनि अनुच्छेद ३७० को सबै खण्ड भने लागू हुने छैन । यसको मात्र एक खण्ड मात्र लागू हुनेछ । गृहमन्त्री शाहले जम्मू–कश्मीरको पुनर्गठन गर्ने विधेयक पेस गरेका छन् । 

जम्मू–कश्मीरलाई केन्द्रशासित प्रदेशको दर्जा दिँदै यसले पाएको विशेष राज्यको दर्जा खोसिएको छ । त्यस्तै जम्मू–कश्मीरको लद्दाख पनि अब छुट्टै केन्द्रशासित प्रदेश बन्नेछ । अनुच्छेद ३५ ए को विशेषाधिकार पनि जम्मू–कश्मीरबाट खोसिएको छ । जम्मू-कश्मीरमा विधान सभा भए पनि लद्दाख भने बिनाविधान सभाको हुनेछ ।

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया