प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – लोक रक ब्याण्ड 'नेपथ्य' दोस्रो पटक कतारको राजधानी दोहामा प्रस्तुति दिन यही हप्ता त्यसतर्फ जाने भएको छ ।
इस्लाम धर्मावलम्बीहरुको चाड ‘इद उल अदा’ को सार्वजनिक बिदाको मौका पारेर त्यहाँ बसोबास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोसेली लिएर नेपथ्य कतार जान लागेको हो ।
नेपथ्यले अगष्ट १२ (साउन २७ गते) बेलुकी सात बजेदेखि दोहाको ‘एसियन टाउन एम्पीथिएटर’ मा प्रस्तुति दिनेछ । यसअघि सन् २०१४ को सेप्टेम्बर १९ मा नेपथ्यले पहिलो पटक आफूलाई कतारको भूमिमा उभ्याएको थियो ।
कतारमा कन्सर्टको आयोजना ‘लेभल एफएन एडभर्टाइजिङ एण्ड इभेन्ट’ का तर्फबाट लक्ष्मणप्रसाद चौलागाइँले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।
‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनौट गरेका छौं’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं ।’
सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।