दुबई एक्स्पोमा नेपालकाे सहभागिताबारे छलफल

 साउन २०, २०७६ सोमबार १७:५३:४२ | उमाकान्त पाण्डे

यूएई – ‘दुबई एक्स्पो २०२०’ मा नेपालकाे सहभागिताबारे छलफल भएको छ ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र यूएईको परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्ला बिन जायद अल नयनबीच भएकाे भेटमा यस्ताे छलफल हो ।

मन्त्री नयनकै कार्यकक्षमा शनिबार साँझ भएको भेटवार्तामा राजदूत ढकालले नेपालले दुबई एक्स्पोमा सहभागिता जनाउन स्टल बनाउने काम सुरु गरिसकेको जानकारी गराउनु भएको थियो । त्यस्तै यूएईको ग्लोबल भिलेजमा समेत नेपाली स्टल राख्ने विषयमा दूतावास सम्वेदनशिल भएर काम गरिरहेको राजदूत ढकालको भनाई छ । 

दुबई एक्स्पो २०२० मा नेपाल सहभागी हुन सरकारले ग्लोबल टेण्डर आह्वान गरेर आइईपी नामक कम्पनीले काम सुरु गरिसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । अमृतरत्न शाक्यको कम्पनीले अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिहएको छ । 

मन्त्री नयान र राजदूत ढकालबीचको भेटमा दुई देशको आपसी हितका साथै व्यापार, लगानी, पर्यटन, हवाईसेवा, दुबई एक्स्पो २०२० तयारी लगायतका विषयमा छलफल भएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । दुबई एक्स्पो २० अक्टोबार २०२० मा हुँदैछ ।

राजदूत ढकालले आबुधावीका राजकुमार तथा सैन्य डेपुटी कमाण्डर शेख महोम्मद बिन जायद अल नयनलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निम्तो आफ्नो ओहोदाको प्रमाणपत्रसँगै हस्तान्तरण गरेको स्मरण गर्दै राजकुमारको नेपाल भ्रमण गराउन आफूहरु उत्साहित भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया