६५ वर्ष नाघेपछि बैंकको सीईओ बन्न नपाइने,  पदमै रहेकालाई ६९ वर्षको सीमा

 साउन २०, २०७६ सोमबार १८:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ६५ वर्ष पुगेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै भनेको छ, ‘६५ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷ पुनः नियुक्त हुन योग्य हुने छैन, यस्तै ६९ वर्ष नाघेको व्यक्ति सीईओमा बहाल रहन सक्नेछैन ।’

यस्तै ७० वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त, पुनः नियुक्त  र मनोनित हुन अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै ७४ वर्ष पुगेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया