भारतीय क्रिकेटरलाई विवाहमा बाेलाउन चाहन्छन् पाकिस्तानी क्रिकेटर हसन अली

 साउन २०, २०७६ सोमबार २०:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय मूलकी युवतीसँग विवाह गर्न गैरहेका पाकिस्तानी तीव्र गतिका बलर हसन अलीले भारतीय क्रिकेटरलाई निमन्त्रणा गर्ने बताएका छन् । 

यही सेप्टेम्बरमा दुबईमा हुने विवाह समारोहमा भारतीय क्रिकेटरहरुलाई आमन्त्रित गर्न चाहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्दपि हसनले आफ्नो निमन्त्रणाको सूचीमा को-को भारतीय क्रिकेटर छन्, त्यसको बारेमा खुलासा गरेका छैनन् । 

हसनले आफ्नो विवाहमा भारतीय क्रिकेटरहरु आउन चाहेको खण्डमा आफू निकै खुशी हुने बताएका छन् । हसनले उर्दू एक्सप्रेससँग कुरा गर्दै भने, ‘म भारतीय क्रिकेट टिमका खेलाडीलाई मेरो विवाहमा आउन निमन्त्रणा दिन्छु । अन्त्यमा हामी सबै क्रिकेटर साथी हौँ ।’

दुबईमा हुने मेरो विवाह समारोहमा केही भारतीय क्रिकेटर आए भने आफूखुशी हुने हसनले बताए । साथै उनले प्रतियोगिता मैदानभित्र हुने र सबै पेसेवर क्रिकेटरले एकैसाथ खुशी साझा गर्नुपर्ने बताए । 

हसनले दुबईको इमिरेट्स एयरलाइन्सकी फ्लाइट इञ्जिनियर शामिया आरजूसँग विवाह गर्दैछन् । यद्दपि आरजूका परिवार दिल्लीमा बसोवास गर्छन्, उनीहरुको मूल थलो भने हरियाणाको मेवात इलाका हो । 

भारतीय मूलकी युवतीसँग विवाह गर्ने हसन अली चौथो पाकिस्तानी बन्नेछन् । यसअघि जहीर अब्बास, मोहसिन खान र शोएब मलिकले भारतीय मूलकी युवतीसँग विवाह गरिसकेका छन् ।    

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया