पहिलाे एसेज टेस्टमा इंग्ल्याण्ड अस्ट्रेलियासँग २५१ रनले हार्‍यो

 साउन २०, २०७६ सोमबार २०:२३:५७ | एजेन्सी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपको उपाधि विजेता टिम इंग्ल्याण्ड अष्ट्रेलिया विरुद्धको पहिलो एसेस टेष्टमा पराजित भएको छ । जसमा इंग्ल्याण्ड अष्ट्रेलियासँग २५१ रनले पराजित भयो । 

एज्बास्टनमा भएकाे खेलको चौथो दिन अस्ट्रेलियाले चार विकेटको क्षतीमा चार सय ८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो । उसका लागि स्टिभ स्मिथले शतकीय पारी खेले । अस्ट्रेलियाले चौथो दिन लन्च पछि चार विकेट दुइ सय ३१ रन बाट खेल्न सुरु गरेको थियो । जसमा स्मिथले एक सय ४२ रनको शानदार पारी खेले । उनको यो लगातार दोस्रो शतक हो ।

करियरको २५ औं र एसेसमा दशौं शतक प्रहार गरेका  स्मिथ क्रिस वोक्सको वलमा आउट भएका थिए । उनले पहिलो पारीमा एक सय  ४४ रन बनाएका थिए । म्याथ्यु वेडले एक सय १० रनको योगदान दिए ।  ट्रेभिस हेडले ५१, टिम पेनले ३४, जेम्स पेटिन्सनले अजिवीत अविजीत ४७ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा दुइ सय ८४ र इङल्यान्डले तीन सय ७४ रन बनाएको थियो ।

दोस्रो पारीमा इंग्लयाण्ड मात्र एक सय ४६ रनमा अलआउट भयो । उसका लागि कुनैपनि खेलाडीले अर्धसतक बनाउन सकेनन् । इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउनेमा क्रिस ओक्स बने । उनले ३७ रन बनाए । यस्तै, जसोन रोय र कप्तान जोय रुटले समान २८–२८ रन बनाए । इंग्ल्याण्डलाई दोस्रो पारीमा ध्वस्त बनाउन नाथन लियोनले ६ तथा प्याट कुमिन्सले चार विकेट लिए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया