मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 साउन २१, २०७६ मंगलबार ८:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा एक बृद्धको ज्यान गएको छ । गढवा गाउँपलिका ५ का करिब ६५ वर्षीय गंगाराम यादवको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

आइतबार राति साढे १० बजेतिर लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उहाँको उपचारका क्रममा सोमबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका यादवको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालक १८ वर्षीय  रोहित चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया