वेष्टइण्डिजविरुद्धको टी–२० सिरिज क्लिन स्वीप गर्ने अभियानमा भारत

 साउन २१, २०७६ मंगलबार ९:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने खेलमा भारत तेस्रो टी–२० जित्दै सिरिज क्लिन स्वीप गर्ने अभियानमा हुने छ ।

विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेल  ४ विकेट तथा दोस्रो खेल डीएल मेथड अनुसार २२ रनले जितेको थियो । भारतले अहिलेसम्म विदेशी भूमिमा ३–० ले सिरिज एक पटक मात्रै जितेकाले यो कीर्तिमान बनाउने लक्ष्यमा हुने छ । 

भारतले २०१६ मा अस्ट्रेलियाविरुद्धको सिरिज ३–० ले जितेको थियो । भारत र वेस्टइण्डिजबीचकाे खेल गुयना मैदानमा हुँदै छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया