महाकाली नदीले खतराको संकेत पार गर्‍याे, महेन्द्रनगर क्षेत्र डुबानमा

 साउन २१, २०७६ मंगलबार १०:१९:० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - साेमबार रातिबाट परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ ।

कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो । महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको छ । साेमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका छन् ।

भिमदत्त नगरपालिका-९ मा ८ वटा घरमा पानी पसेको प्रहरीले जनाएको छ । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया