रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढ्यो

 साउन २१, २०७६ मंगलबार १०:५८:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा रहेको थियो।  

यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको थियो ।

मंगलबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा थियो ।

रिगिंट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा नै छ । हिजो खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा रहेको थियो ।

मंगलबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा  थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा रहेको छ छ । हिजो खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • dhama paudyal

    Aug. 6, 2019, noon

    अर्थ तन्त्र ओरालो लागेको संकेत ।

  •  0 Reply

तपाईको प्रतिक्रिया