फिफा विश्वकप छनोटका लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट

 साउन २१, २०७६ मंगलबार १७:९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  आउँदाे फिफा विश्वकपको दोस्रो चरणको छनोटका तयारीमा रहेको नेपाली फुटबल टिममा दोस्रो चरणमा ३१ खेलाडी छनोट गरिएको छ ।

प्रशिक्षक योहान कालिनले पहिलो चरणमा ३६ खेलाडी प्रशिक्षणमा बोलाएकोमा ५ खेलाडीलाई हटाएका छन । जसमा कमल श्रेष्ठ, नितीन थापा, सेसेहाङ आमदाङगोइ, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन् । कमल श्रेष्ठ बाहेक अरु चार खेलाडीलाई आसन्न दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेको यू–२३ टिममा राखिने भएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि सुरु हुनेछ । 

नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिँदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ ।   चाइनिज ताइपेईसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

छनोट हुने प्रारम्भिक टोली यस्ताे छ

 गोलरक्षक

 किरणकुमार लिम्बू

 एलन न्यौपाने विकेश कुथु

 विशाल श्रेष्ठ 

डिफेन्डर

विराज महर्जन

सरोज दाहाल

रन्जिन धिमाल

सुमन अर्याल

अनन्त तामाङ

अजित भण्डारी

देवेन्द्र तामाङ

रवि सिलवाल

दिनेश राजवंशी

बिमल पाण्डे 

मिडफिल्डर

 सुनिल बल

रवि पासवान

सुजल श्रेष्ठ

विशाल राई

रोहित चन्द

विक्रम लामा

सन्तोष तामाङ

तेज तामाङ

त्रिदेव गुरुङ

हेमन गुरुङ

सुभाष गुरुङ 

स्ट्राइकर

विमल घर्तीमगर

विमल राना

नवयुग श्रेष्ठ

अभिषेक रिजाल

अन्जन विष्ट

भरत खवास 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया