बझाङमा महिलाको गहना लुटपाट गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ

 साउन २१, २०७६ मंगलबार १८:८:० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - महिलाको गहना लुटपाट गरी हत्याकाे प्रयास गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका थलारा गाँउपालिका-५, हाट घर भएकी २२ वर्षीया विमला ओलीकाे गहना लुटपाट गरी हत्याकाे प्रयास गर्ने थलारा गाँउपालिका-६ का प्रेम कठायत र सौरभ चौहानलाई प्रक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनु्भयाे । घटनामा संग्लग्न प्रेम कठायतलाई सोमबार बेलुका नै प्रहरिले पक्राउ गर्न सफल रहे पनि सोही घटनामा संग्लग्न रहेका सौरभ चौहान भने फरार रहेका थिए ।

फरार रहेका उनलाई प्रहरीले मंगलबार बेलुका बिथ्थडचिर गाँउपालिकाबाट प्रक्राउ गरेको डीएसपी केसीले बताउनुभयाे । 

 आराेपित दुवै जना मिलेर सोमबार बेलुका साढे पाँच बजे पीडित विमला ओलीले कानमा लगाएका गरगहना लुटपाट गरी उनलाई उनकाे हत्याकाे प्रयास गरेकाे बताइएकाे छ । सोमबार बेलुका केदास्युँ गाँउपालिका वडा नम्बर-९, झोता माइती भएकी ओली आफ्नाे घर आउने क्रममा थलारा गाँउपालिका-३, शिलाकोटमा दुई जना मिलेर गहना लुटपाट गर्नुका साथै मोबाइल समेत लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटपाटपछि दुवै जनाले उनको घाँटीमा टिनको पाता तथा रेडबुलको क्यानले रेटेर मार्ने प्रयास गरेकाे र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताउनुभयाे ।

उनीहरुले दिदीलाई पुर्याउन आएकी विमला ओलीकी १३ वर्षीया बहिनी सुलोचना ओलीलाई समेत हातपात गरेका थिए । पीडित विमलाकाे टाउको तथा आँखामा चोट लागेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका नेपालगञ्ज रिफर गरिएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया