नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने

 साउन २१, २०७६ मंगलबार २०:३०:२० | उज्यालो सहकर्मी

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने भएको छ ।

५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियोगिताको यकिन गरिसकेकाले यो प्रतियोगिता हुने निश्चित जस्तै छ । त्यस बेला नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने संभावना रहेको र यो प्रतियोगिता तयारीका रूपमा राखिएको थियो ।

अब नेपाल विश्वकपको ग्लोबल छनोटमा नपुगेपछि पनि ओमान क्रिकेट संघले नेपाललाइ सहभागिताका लागि दबाबजस्तै दिएको छ । जसका लागि नेपाली क्रिकेट टिमले स्वीकृतीका लागि  आइसीसीलाई पत्र पठाएको छ ।

यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडि अक्टोबर ३ देखि एघार तारिखसम्म हुनेछ।  जसमा टिमहरू तीन तारिखमा ओमान जानेछन भने एघार तारिखमा फर्किनेछन् । यसअघि यो प्रतियोगिता १ देखि १० तारिखसम्म तय भएको थियो ।

नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले अनुमति भने दिएको छैन । यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागी सबै संघलाई पत्राचार गरिसकेको छ ।

ओमन क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । यो प्रतियोगितापछि ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्स ग्लोबल विश्वकप छनोटमा सहभागिताका लागि जानेछन् । ग्लोबल क्वालिफायर्स १४ अक्टोबरदेखि यूएईमा हुँदैछ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया