टाटा कार्निभलमा एक हजार अवलोकनकर्ता सहभागी, १ सय ३ वटा गाडी बुकिङ

 साउन २२, २०७६ बुधबार ६:५९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा चार दिनसम्म भएको टाटा मोटर्स कार्निभलमा एक हजारभन्दा धेरै उपभोक्ताले अवलोकन गरेका छन् । एकसय ३ वटा गाडी बुकिङ भएको छ । टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स कार्निभल आयोजना गरेको हो ।

कम्पनीकाअनुसार मेला अवधिभर १ सय ३ वटा गाडी बुकिङ भएको छ । चार दिनसम्म चलेको मेला उपलब्धीपूर्ण भएको टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताउनुभयो । सुस्ताएको अटोबजारलाई मेलाले जागरुक बनाउको उहाँले दाबी गर्नुभयो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रतिस्पर्धी बजारमा अरु भन्दा फरक र अन्तर्राष्ट्रिय उत्पादन उपभोक्तालाई दिन सफल भएको बताउनुभयो ।

मेलामा एक जना भाग्यशालीले यूरोप भ्रमण, एप्पल मोबाइल र तीन लाख रुपैयाँसम्मको अफर थियो । यसबाहेक एक लाख रुपैयाँसम्मको लोयल्टी बोनश, एक वर्षसम्मलाई सडक कर छुट, डोर प्राइज ब्यांकक भ्रमण, बुकिङमा लक्की ड्रमार्फत ३२ इन्चको टिभी, टेष्ट ड्राइभमा एक जनालाई हुवावेको स्मार्टफोन, दुई जनालाई फिल्मको टिकट र गाडी डेलिभरीमा आकर्षक उपहार राखिएको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया