नेकपा 'विप्लव' का केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

 साउन २२, २०७६ बुधबार १३:५६:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम -नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका २ का ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरिएको हो ।  केन्द्रीय सदस्य  बोहरालाई मंगलबार राति १० बजे त्रिवेणी गाउँपालिका-६, मुरुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विप्लवका नेता, कार्यकर्ताहरुलाई पक्राउ गरिरहे पनि केन्द्रीय सदस्य नै पक्राउ परेको भने पहिलो पटक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिइनुभयो ।

उहाका अनुसार केन्द्रीय सदस्य बोहरासँगै विप्लवका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति सह–संयोजक प्रेम प्रशान्त बोहरा र अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक हरि पुन रहेको डीएसपी खड्काले जनाउनु भयो । 

केही दिनदेखि रोल्पा, सल्यान र रुकुम पश्चिमको सीमा नाका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँहरुमा विप्लव समूहले चन्दा तथा फिरौती माग गरिरहेको र सुरक्षा चुनौती बढ्दै गएपछि उनीहर माथि निगरानी बढाएको प्रहरीले जनाएको छ ।

त्यसै क्रममा मुरुमा विप्लव समूहका नेता तथा कार्यकर्ता जम्मा भएर शंकास्पद गतिविधि सञ्चालन गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया