भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

 साउन २२, २०७६ बुधबार १७:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा पूर्व विदेश मन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

न्यू दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा स्वराजको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारको सम्पूर्ण काम छोरी बाँसुरी स्वराजले गर्नु भएको थियो । उहाँलाई स्वराजका श्रीमान् कौशल स्वराजले साथ दिनु भएको थियो । 

सुषमा स्वराजको निधनमा भारत र विश्वभरिबाट नै ठूला नेताहरुले दुःख व्यक्त गरेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत ठूला नेताहरु स्वराजको घरमै पुगेर श्रद्धाञ्जली दिनु भएको थियो ।  

सुषमा स्वराजको अन्तिम संस्कार यात्रामा पनि निकै ठूलो भीड लागेको थियो । राजनाथ सिंह, जेपी नड्डा, रवि शंकर प्रसाद, पीयूष गोयल लगायतले स्वराजको पार्थिव शरीरलाई काँध दिनु भएको थियो ।  

प्रधानमन्त्री मोदी, लालकृष्ण अडवाणी, उपराष्ट्रपति एम वेंकैया नायडू, राजनाथ सिंह, भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेलगायतले विजेपी मुख्यालय पुगेर सुषमा स्वराजको अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । 

त्यस्तै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि विजेपी मुख्यालय पुगेर सुषमा स्वराजप्रति अन्तिम संस्कार प्रदान गर्नु भएको थियो । 

सुषमा स्वराजकाे निधनलाई लिएर भारत र विश्व राजनीतिले अपूरणीय क्षति भएकाे बताएका छन् ।

याे पनि पढ्नुहाेस्

सुषमा स्वराजको नेपाल ‘कनेक्सन’ : नाकाबन्दीदेखि जनकपुरका नागरिकलाई ‘भारतीय’ को संज्ञासम्म

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया