श्रीलंकाकोे अन्तरिम प्रशिक्षकमा रुमेश रत्नायके

 साउन २३, २०७६ बिहिबार ७:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाले न्यूजिल्याण्डको सिरिजका लागि रुमेश रत्नायकेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व तीव्र गतिका बलर रुमेशलाई श्रीलंकन क्रिकेट बोर्डले न्यूजिल्याण्डको टेष्ट सिरिजका लागि अन्तरिम प्रशिक्षकको जिम्मा दिएको हो । 

नेपाली राष्ट्रिय टिमको सल्लाहकार प्रशिक्षक भएर नेपाल आइसकेका रुमेशको आगमनले मुख्य प्रशिक्षक चादिकाको भविष्यलाई अन्योलमा पारेको छ । चादिला पछिल्लो पटक श्रीलंकको खराब नजिताका कारण ठुलो आलोचनमा रहेका छन् । 

जसमा विश्वकपको समूह चरणबाट नै बाहिरिनु उनका लागि ठूलो दूर्भाग्य हो । श्रीलंकन क्रिकेट बोर्डका अध्यक्ष सामी सिल्भाले पछिल्लो एक वर्षदेखि प्रशिक्षकको नतिजालाई हेरेर यो निर्णय गरेको बताएका छन् । 

रुमेश यसअघि २०१७ देखि श्रीलंकन टिमको तीव्र गतिको बलिङ प्रशिक्षक रहेका थिए । उनले २०१५ को विश्वकपमा टिमको बलिङ प्रशिक्षक तथा २०११ मा अष्टे«लिया सिरिजमा अन्तरिम प्रशिक्षकका रुपमा काम गरेका थिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया