हेटौँडा– काठमाण्डौ चल्ने सुमोमा जोरबिजोर प्रणाली

 साउन २३, २०७६ बिहिबार ८:२०:११ | रासस
unn.prixa.net

मकवानपुर – हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ ।

स्थानीय व्यवसायीले सवारी सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा बुधबार बसेको बैठकले गएको आर्थिक वर्षमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी मार्गमा जोर विजोर प्रणाली लागू गरी सुमो सञ्चालन गर्ने यसअघि निर्णय भएकोमा यसलाई निरन्तरता दिइ कार्यान्वयन गर्ने निर्णय भएको हो ।

त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी इन्द्रसरोवर गाउँपालिकाका ग्रामीण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक सञ्चालन गर्न पाउने बताइएको छ । गर्मीयाममा बिहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि, जाडो याममा बिहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा छ टनभन्दा कम भार वहन क्षमताको मिनि ट्रकप्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निणर््य भएको छ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन, ३ नं– अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरेलगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया