अन्तत: लुकाकुले छाडे म्यानचेस्टर युनाइटेड

 साउन २३, २०७६ बिहिबार १३:१:२३ | एजेन्सी
unn.prixa.net

धेरै हल्लापछि अन्ततः रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेका छन् । लुकाकुको आगामी गन्तव्यको कुरालाई लिएर धेरै चर्चा हुँदै आएको थियो । तर, नयाँ सिजन सुरु हुनै लाग्दा उनी इन्टर मिलानमा अनुबन्धित भएका हुन् ।

म्यानचेस्टर युनाइटेडको प्रशिक्षण खेलमा सहभागी नभएका कारण लुकाकुलाई कारबाही गरिएको छ । तर उनी आफू कुन क्लबमा जाने भन्ने कुराको टुंगो लगाउनका लागि प्रशिक्षणमा सहभागी हुन नसकेको बताइएको छ ।

म्यानचेस्टर युनाइटेडले इन्टर मिलानको प्रस्तवलाई स्वीकार गर्दै लुकाकुलाई ७० मिलियन पाउन्डमा बेच्न तयार भएको हो । सञ्चारमाध्यमका अनुसार उनले इन्टरमा हप्ताको ३ लाख पाउन्ड पारिश्रमिक लिनेछन् । जुन इन्टरमिलानमा कीर्तिमानी रकम पनि हो ।

युनाइटेडले लुकाकुको विकल्पमा एट्लेटिको बिवाकोका इनकी विलियम्सलाई ८० मिलियन पाउन्डमा अनुबन्धित गर्नका लागि प्रकिृया थालेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया