लाइसेन्स बनाएर फर्किरहेका दुई जनाकाे माेटरसाइकल दुर्घटनामा ज्यान गयाे

 साउन २३, २०७६ बिहिबार १७:१४:५९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । 

बिहीबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५६ प १०४८ नम्बरको मोटरसाइकल ना ५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ का १९ वर्षीय विक्रमदास कथवनिया र २९ वर्षीय मनोजकुमार दासको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि गम्भीर घाइते भएका विक्रमको नमुना अस्पताल हरिवनमा उपचारका क्रममा ज्यान गएको हो भने मनोजको थप उपचारका लागि चितवनको भरतपुर लैजाँदै गर्दा बाटैमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मोटरसाइकल चालक दुवै जना जनकपुरबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया