यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

 साउन २३, २०७६ बिहिबार १७:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । दुई पटकको च्याम्पियन नेपाल समूह ए मा रहेको छ । नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्ने भएको छ । यस्तै समूहको तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी भुटान रहेको छ । समूहको शीर्ष स्थानमा रहने दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यहि प्रतियोगिताका लागि नेपाली युवा टिमले केही दिन अगाडिबाट तयारी सुरु गरेको थियो भने पहिलो चरणका खेलाडी पनि केहि दिन अगाडि मात्र बोलाएको थियो ।

पहिलो चरणमा क्याम्पमा बोलाइएका खेलाडीहरु:

गोलकिपर: विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट

डिफेन्डर: विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन डोङ, योबेश थापा, बिशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही

मिडफिल्डर, शिशिर लेखी, विपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझि, सञ्जिव लामा, जया गुरुङ, मनिश थापा, कुशल फुयाल, अदित महर्जन, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की मौसम सुब्बा छन ।

स्ट्राइकर: ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरीया, दर्शन गुरुङ, अभिशेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिश डाँगी 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया