सुनसरीको बराह नगरपालिकामा ४४ ओटा गाईगोरु मृत भेटिए

 साउन २३, २०७६ बिहिबार २०:३४:४३ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी – बराह नगरपालिका वडा नम्बर ६ र ९ को कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ ओटा गाईगोरु मृत फेला परेका छन् । 

जंगलमा थुप्रै गाई गोरु मरेकाे भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा फेला पारेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला पशु सेवा केन्द्र इनरुवाबाट पशु चिकित्सक सहितको टोली त्यहाँ पुगेको र के कारणले गाईवस्तु मरेका हुन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया