आज सुनकाे भाउ स्थिर: ताेलाकाे सत्तरी हजार रुपैयाँ

 साउन २४, २०७६ शुक्रबार ११:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सुनचाँदीको भाउमा आज शुक्रबार कुनै घटबढ भएको छैन ।

सुनकाे भाउ आज पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि नै भाऊ बढेर लगातार कीर्तिमान बनाइरहेको सुनको भाउ हिजो बिहीबार तोलामा ५ सय बढेर ७० हजार पुगेको थियो ।

चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासँघले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया