५ देश सहभागी हुने टी-२० सिरिजकाे खेलतालिका सार्वजनिक, नेपालकाे पहिलाे खेल हङकङसँग

 साउन २४, २०७६ शुक्रबार १७:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान ५ देशको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

ओमान क्रिकेट संघले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु पर्नेछ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टिम ओमान रहेको छ ।

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अगाडि हुने प्रतियोगिता ५ अक्टोबरबाट १० अक्टोबरसम्म हुनेछ । ५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ ।

ओमान क्रिकेट संघले पहिले नै आयोजना गर्ने भनेर तय गरेको थियो । तर नेपालले विश्वकप छनोटमा स्थान बनाउन नसकेपछि नेपाल खेल्ने की नखेल्ने भन्ने यकिन थिएन । तर आइसीसीले नेपाललाई खेल्न अनुमति दिएपछि खेल्ने पक्का भएको हो ।

यस्ताे छ खेलतालिका

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया