जनकपुरबाट ५५ हजार घुससहित सब-इन्जिनियर पक्राउ

 साउन २४, २०७६ शुक्रबार २०:४:३६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषाको नगराइन नगरपालिकाका एक सब-इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले  नगराइन नगरपालिकाका सब-इन्जिनियर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक सेवाग्राहीसँग घुस लिइरहेको बेला पक्राउ गरेको आयोगले जनाएको छ ।  उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया