सीमावर्ती रुपैडिया बजारमा ट्या‌ंकरले ठक्कर दिँदा २ जना नेपालीकाे ज्यान गयाे

 साउन २५, २०७६ शनिबार ७:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके -  शुक्रबार बेलुका सीमावर्ती रुपैडिया बजारमा ट्यांकरको ठक्करले दुई नेपाली महिलाको ज्यान गएको छ ।

ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको हो । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेकाे भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको हो ।

दुर्घटनामा भट्टराईको घटनास्थलमै ज्यान गएको हो भने थापाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया