राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षक...
बैशाख ६, २०८१ बिहिबार
सोलुखुम्बु : सोलुखुम्बुको लोदिङमा भालुको आक्रमणबाट एक जना सख्त घाइते भएका छन् । भालुको आक्रमणबाट सोलु दूधकुण्ड नगरपालिका–३, लोदिङका ३५ वर्षीया माया शेर्पा घाइते भएका हुन् ।
शुक्रबार राति ८ बजतिरे मकैबारीमा शेर्पालाई भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो । राति नै जिल्ला अस्पताल फाप्लु ल्याइए पनि उपचार सम्भव नभएपछि मिसन अस्पताल ओखलढुगां रेफर गरिएको उपचारमा सलंग्न डाक्र कमला सञ्जेलले बताउनुभयो ।
शुक्रबार राति नै मिसन अस्पताल पुर्याएको घाइते शेर्पाको अहिले अप्रेशन भैरहेको वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल मगरले जानकारी दिनुभयो ।
भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका थिए । शेर्पालाई डेरामै भालुले आक्रमण गरेको हो । मकै पाक्ने सिजन सुरु भएसँगै सोलुखुम्बुमा बसेैनि भालुले मानिसलाई आक्रमण गर्ने गरेको छ ।
बुधबार मात्रै महाकुलुङ गाउँपालिका–३, मा एक जना भालुको आक्रमणबाट घाइते भएका थिए । उनको उपचार भइरहेको छ । अघिल्लो वर्ष ९ जना भालुको आक्रमणमा घाइते भएका थिए ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।