बेल्जियमको चिडियाखानामा पाण्डाले जन्मायो जुम्ल्याहा सन्तान (तस्बिरसहित)

 साउन २५, २०७६ शनिबार १३:८:४ | एजेन्सी
unn.prixa.net

बेल्जियमको चिडियाखानामा रहेको एउटा पाण्डाले जुम्ल्याहा सन्तान जन्माएको छ ।

बेल्जियमको पाइरी डाइजा चिडियाखानमा रहेको हाओ हाओ नाम गरेको पाण्डाले एउटा भाले र एउटा पोथी बच्चा जन्माएको बीबीसीले जनाएको हो । पाण्डाले जुम्ल्याहा सन्तान जन्माउनु अति दुर्लभ मान्ने गरिएको छ ।

चिडियाखानाका संस्थापक तथा अध्यक्ष एरिक डुम्बले जुम्ल्याहा पाण्डा जन्मनु अति नै उत्साहको कुरा रहेको बताउनुभएको छ । विश्व वन्यजन्तु कोषका अनुसार अहिले विश्वमा प्राकृतिक रुपमा दुई हजार भन्दा कम पाण्डा रहेका छन् ।

सन् २०१६ मा पाण्डालाई खतराको सूचीबाट संकटापन्न जीवको सूचीमा राखिएको थियो । 

सबै तस्बिर - बीबीसीबाट

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया