अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
नवलपरासी - नवलपुरका दुई ठाउँबाट प्रहरीले शनिबार दिउँसो दुई जनालाई लागुऔषध सहित पक्राउ गरको छ ।
प्रहरीले मध्यविन्दु नगरपालिका-८, फूलबारीकाे पूर्व पश्चिम राजमार्गबाट पोखरा महानगरपालिका -१८, घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हाे । उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
भैरहवाबाट पोखराका लागि छुटेको ना ५ ख ८६ ९८ नम्बरको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजोपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ ।
यस्तै प्रहरीले शनिबार नै मध्यविन्दु नगरपालिका-१०, अरुणखोला बजारबाट पोखरा महानगरपालिका-११, रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई पनि लागुऔषधसहित पक्राउ गरेको हाे । ना ५२ प २७ ०७ नम्बरको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा राईलाई पक्राउ गरिएको हाे । उनको साथबाट डाइजोपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाईजन ३५ एम्पुल गरि एक सय सात एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।