कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 साउन २६, २०७६ आइतबार १०:४९:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । शुक्रबार  खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । शुक्रबार खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको थियो ।

 आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । शुक्रबार खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । 

आइतबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । शुक्रबार यसको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा थियो ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । शुक्रबार खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा रहेको थियो ।

आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । शुक्रबार खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।

आज आइतबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा छ । शुक्रबार खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको छ । शुक्रबार खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया